अमेरिकामा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या तीव्र रुपमा बढिरहेको छ । पछिल्ला २४ घण्टामा यहाँ २ हजार १५ जनाको कोरोनाका कारण मृत्युु भयो । यो गत मेईयताकै उच्च मृतक संख्या हो ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टा यहाँ १ लाख ८७ हजारमा संक्रमण देखिएको छ । अमेरिकामा कोरोनाबाट २ लाख ६० हजारले ज्यान गुमाइसकेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर पनि संक्रमित भएका छन् । यसअघि ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पमा पनि कोरोना देखिएको थियो, यद्यपी उनीहरु संक्रमणमुक्त भइसकेका छन् । ‘राष्ट्रपतिका छोराको यस हप्ताको सुरुवातमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । यद्यपी, उनलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन,’ ह्वाइटहाउस स्रोतले भनेको छ ।

कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वभर ५ करोड ७८ लाखभन्दा धेरै पुगिसकेको छ । यसमध्ये ४ करोड ३ लाख मानिस निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!