हिपमत डटकम

शनिबार, मंसिर ०६, २०७७ || 1456  पटक पढिएको

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी नेकपाका, उपाध्यक्ष वरिष्ठ नेता एवं संसद सदस्य वामदेव गौतमले मिलेको नेकपा फुट्न सक्ने टिप्पाणी गरेका छन् । आन्तरिक विवादको कारण फुटको स्थितीमा नेकपा रहेका बेला वरिष्ठ नेता गौतमले नेकपा दुई पार्टी जोडिएर बनेका कारण नेकपा फुटेपनि यो कुनै नौलो कुरा नहुने बताएका हुन् ।

दाङमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मर्दै नमर्ने व्यक्ति कोही नहुने र त्यो प्रकृतिको नियम भएजस्तै मिलेका पार्टी फुट्नु कुनै नौलो कुरा नहुने धारणा राखेका हुन् ।

उनले विधानमा दुई वटा अध्यक्षको सहमतिमा बैठक गर्ने भन्ने उल्लेख रहे पनि कहिले को सहमत नहुने र कहिले को सहमत नहुने परिस्थितिले गर्दा बैठकसमेत बस्न नसकेको स्पष्ट पारे।

त्यस्तै, पार्टीभित्र मात्रै छलफल नभएर विभिन्न कमजोरीका प्वालहरूबाट समेत बाहिर छलफल हुने गरेको हुँदा त्यसले पनि समस्या सिर्जना भएको उनको भनाई थियो । पछिल्लो समय नेकपा भित्रको विवादले उग्ररुप लिँदै गएको छ, यद्यपी समाधानका लागि भने कुनै सहजता देखिएको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!