काठमाडौँ / विवाहका बारेमा भन्ने गरिन्छ, दुई आत्माको नभई दुई परिवारको मेल हो। प्राय मानिसका लागि यो बन्धन भाग्य परिवर्तनको कारण पनि बन्ने गर्दछ।कुण्डलीमा केही यस्तो योग बताइएको छ, जसले गर्दा व्यक्तिलाई सुन्दर र भाग्यशाली पत्नी प्राप्त हुने गर्दछ।

आउनुहोस् जानौँ ती योगका बारेमा

१) यदी कुनै व्यक्तिको कुण्डलीमा सप्तम भावमा वृष वा तुला राशि छ भने उनीहरुलाई सुन्दर पत्नी मिल्ने गर्दछ।

२) सप्तम भावको स्वामी एकादश भावमा उपस्थित छ भने त्यस्ता व्यक्तिको पत्नी रुपवती, संस्कारी, मिठो बोल्ने र सुन्दर हुने गर्दछन्। विवाहपछि यस्ता व्यक्तिको आयमा वृद्धि हुने गर्दछ।

३) यदी व्यक्तिको कुण्डलीमा सप्तम भावमा वृष वा तुला राशि छ भने यस्ता व्यक्तिलाई चतुर, मिठो बाल्ने, सुन्दर, शिक्षित, संस्कारी, तिखो नयन–नक्ष भएकी, गौरी, संगीत कला आदीमा दक्ष पत्नी प्राप्त हुने गर्दछ।

४) यदी कुण्डलीको सप्तम भावमा मिथुन वा कन्या राशि छ भने त्यस्ता व्यक्तिले कोमल, आकर्षक व्यक्तित्व भएकी, भाग्यशाली, मिठो बोल्ने, श्रेष्ठ पत्नी प्राप्त गर्ने गर्दछन्।

५) जुन व्यक्तिको कुण्डलीको सप्तम भावमा कर्कट राशि हुने गर्दछ, त्यस्ता व्यक्तिले सुन्दर, भावुक, कल्पनाप्रिय, मधुरभाषी, लामो कद भएकी, भाग्यशाली पत्नी प्राप्त गर्ने गर्दछन्।

६) जुन व्यक्तिको कुण्डलीको सप्तम भावमा कुम्भ राशि छ भने त्यस्ता व्यक्तिले गुणवान, धार्मिक, आध्यात्मिक पत्नी प्राप्त गर्ने गर्दछन्।

७) यदी कुण्डलीको सप्तम भावमा धनु वा मिन राशि छ भने त्यस्ता व्यक्तिले पुण्य कर्ममा रुची राख्ने, सुन्दर, न्याय एवम नीति कुरा गर्ने, भाग्यशाली पत्नी प्राप्त गर्ने गर्दछन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!