खबर ठुलो छ

अवकाशप्राप्त एक अमेरिकी संगीत शिक्षक कोरोनाबाट गम्भस्र बिरामी भएपछि उटाहस्थित अस्पताल भर्ना भए । तर, संगीतको जादुु यहाँ पनि रोकिएन ।
आईसीयूमा खुसी छर्नका लागि उनले भेन्टिलेटरमै रहेका बेलाभायोलिन बजाएका छन् । ग्रोभर विलहेल्मसेनको शरीरमा विभिन्न उपकरणहरु जोडिएको थियो र उनी बोल्नसक्ने अवस्थामा थिएनन् । तर, आज्डेनस्थित म्याकके डि अस्पतालका स्वास्थकर्मीप्रति आफ्नो सम्मान दर्शाउन उनले यो तरिका अपनाए ।

७० वर्षीय यी बिरामीले एउटा कागजमा लेखेर भायोलिन बजाउने आफ्नो इच्छा पूरा गरिदिन स्वास्थकर्मीसँग आग्रह गरेका थिए । ‘म साँच्चै अस्पतालमा संगीत सुनाउन चाहन्छु । मेरी श्रीमीले भायोलिन र भायोला ल्याउँदा तपाईँलाई कस्तो हुन्छ ?’ उनले कागजमा लेखेका थिए ।

यसपछि केही चिकित्सकहरुसँग स्विकृति लिएर अस्पतालकी नर्स सियरा सासेले उनलाई भायोलिन बजाउने इच्छा पूरा गर्न दिइन् । उनले भायोलिन बजाउँदै गर्दा निगरानीका लागि सासे उनकै कोठामा थिइन् । ‘यसले मेरो आँखामा आँशु आयो । भेन्टिलेटरमा रहेका बिरामीले यस्तो गर्नु सबै कर्मचारीका लागि अकल्पनिय थियो,’ सासेले भनिन्, ‘उनी बिरामी भएपनि हौसिएका थिए । तपाईं देख्नसक्नुहुनछ, संगीत उनका लागि कति अर्थपूर्ण थियो । यसले उनका नशाहरुलाई आराम दियो र उनलाई जिवन्त बनाइदियो ।’

ग्रोभरले भायोलिन बजाउँदै गर्दा सिसाले घेरिएको आईसियु आसपास कर्मचारीहरु भेला भएका थिए, उनीहरुले यी अवकाशप्राप्त शिक्षकको संगीतको धुन सुनिरहे ।

शनिबार, मंसिर ०६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया