मंगलबार, माघ ०७, २०७६ || 3021  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,माघ-७: मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत केरालाका ३९ वर्षिय रञ्जीत कुमार, उनकी श्रीमती ३४ वर्षिया इन्दु रञ्जित र छोरा २ वर्षीय वैष्णव रहेका छन् । यसैगरि मृत्यु हुनेमा ३९ वर्षिय प्रविणकष्ण नायर, उनकी श्रीमती ३४ वर्षिया सरैया नायर, ५ वर्षिय छोरा अभिनव, ६ वर्षिया छोरी अरचा र ४ वर्षीया छोरी बद्रा रहेका छन् । होटेलमा अचेत अवस्थामा भेटिएका उनीहरुलाई उपचारका लागि हेलिकोप्टकरबाट काठमाडौस्थित ह्याम्स अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार आठैजनाको होटलमै मृत्यु भएको थियो । एभरेष्ट पानोरमा रिसोर्टमा सोमबार राती दुई परिवारका आठ पर्यटक एउटै कोठामा रात बिताएका थिए । पन्ध्र जनाको समूहमा रहेका भारतीय पर्यटकहरुले होटलमा चारवटा कोठा लिएको तर राति चिसो भएपछि उनीहरु दुईवटा कोठामा सुतेका थिए । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको प्ररम्भिक अनुमान गरिएको छ । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनी मार्फत दामन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!