रबिन्द्र बराल

शनिबार, मंसिर ०६, २०७७ || 2044  पटक पढिएको

मोरङ रतुवामाई नगरपालिका वडा नं ८ स्थित सागर बतौलाको घरमा गएराती जुवा खेलिरहेको अवस्था १६ जना लाई सिजुवा प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ बाट खटिएको प्रहरी टोलि ले जुवा तास खेल्ने र खेलाउने कार्य भईरहेको जानकारी प्रप्त भए पछि प्रहरीले १६ जना जुवाको खालबाट नगद एक लाख उनान्सत्तरी हजार छ सय रुपैया र १ बुङ तास, कौडा गोटी १६ थान, बिभिन्न कम्पनीका मोबाईल १९ वटा मोटरसाईकल र २ वटा कार समेतका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रतुवामाई न.पा.-७ सिजुवा बजार बस्ने बर्ष ४७ को डिल्लीराम चौलागाई, बर्ष ३५ को मोती पौडेल, ४३ बर्षका रामनाथ मैनाली, वर्ष ४१ को देवी प्रसाद प्रसाई, वर्ष ३७ का रामनाथ नेपाल, वर्ष ४५ को हेमलाल प्रसाई, बर्ष ४० को नारायण चुडाल, उल्लुकुटु बस्ने बर्ष ४४ का सन्त बराई, वर्ष ३५ को सागर सागर बर्तौला, बर्ष ४५ का दिपक ढुङगाना, दाम्राभिट्टा बजार बस्ने बर्ष ४५ को योगराज घिमिरे, बर्ष ३८ का अशोक भट्टराई, बर्ष ३९ का राजन हस्ता सतार, कादुघाडा बस्ने बर्ष ४५ का गोपी पराजुल, सौठा बस्ने वर्ष ३६ का रविन पोखरेल, बेलबारी न.पा.७ बिच बजार बस्ने बर्ष २२ को गणेश श्रेष्ठ, पक्राउ परेको जिल्ला प्रहरी माेरङका प्रबक्ता मान वहादुर राईले हिपमत डटकमलाई जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!