शुक्रबार, मंसिर ०५, २०७७ || 919  पटक पढिएको

प्रदेश एकको राजधानी विराटनगरमा कोरोनाकालको छठ पर्व घाट देखि छतसम्म मनाइ रहेका छन् । चार दिवसीय छठको तेस्रो दिन शुक्रवार अधिकांश व्रतालुहरु आ–आफ्नै घरमा अस्ताउँदो सूर्यलाई सन्धया अर्घ दिइ छठ मनाएका छन् ।

कोरोना संक्रमणबाट बँच्न स्थानिय प्रशासनले सामुहिक रुपमा घाटमा छठ मनाउन रोक लगाए पछि विराटनगरवासी सचेतता अपनाउँदै आ–आफ्नै घरमा छठ पर्व मनाएका छन् । व्रतालु परिवारले छठ पर्व मनउन आफ्नै आँगन वा घर छेउछाउमा जलकुण्ड बनाई अर्घ दिएका छन् भने कतिले घरको छतमै जलकुण्ड बनाई अर्घ दिएका छन् । जलकुण्ड समेत बनाउन नसकिने अवस्थाका व्रतालुहरु ठूलो भाडोमा पानी भरेर सूर्यदेवलाई सन्धया अर्घ दिएका छन् ।

गत वर्षसम्म हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने हाटखोला सिंघिया घाट कोरोना कालको छठमा खाली देखिएको छ । बेहुली झैं सिंगारिएको यो घाट यस वर्ष सुनसान देखिएको छ । नदी पूर्व पट्टीको घाटमा केहि समिति परिवारले छठ पर्व मनाए पनि अन्य भाग खाली नै देखियो ।

 

सामुहिक रुपमा घाटमा गएर छठ मनाउँदा आस्था उत्साह संगै मनोरंजन पनि हुने गथ्र्यो, यस वर्ष आस्था र उत्साह यथावत रहेपनि मनोरंजनमा कमी भएको स्थानीय हरि साहले बताए । साहका अनुसार कोरोना संक्रमणलाई ध्यानमा राखेर हामीले आफ्नै घरमा छठ मनाएका छौ । शनिवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्वको समापन हुने छ ।

छठ पर्व मनाउने परम्परको थालनी महाभारत, सूर्य पुराण, साम्व पुराण जस्ता ऐतिहासिक पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रन्थअनुसारका आ–आफ्नै कथा भएपनि सबैको सार सूर्य उपासना संगै जोडिएको छ । छठ पर्व सूर्य उपासनाको पर्व भएकोले परिवारमा सुख–शान्ति, समृद्धि, आरोग्य, सन्तान प्राप्ती सहित चर्मरोग निको हुने जनविश्वास रहेको छ । यो पर्व जनआस्थासँग जोडिएकोले यसलाई लोक पर्व पनि भन्निछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!