हिपमत डटकम

शुक्रबार, मंसिर ०५, २०७७ || 712  पटक पढिएको

कंगना रनौट ट्विट गरेपछि सधै जसो चर्चामा हुन्छिन् । सुशान्त सिंह राजपुतको केससँगै कंगना निरन्तर विवादमा आइरहेकी छिन् । हाल कंगनाले विवाहपूर्वको सम्बन्धको बारेमा ट्विट मार्फत रोचक अभिव्यक्ति दिएकी छिन् । यसले उनलाई फेरि विवादमा तानेको छ ।

उनले ट्विटमा लेखेकी छिन्, ‘यो देख्न पाउँदा रमाइलो लागिरहेछ कि सबै वैमनस्यतावादी र आत्मघाती झुकाववादी नारीवादीहरुले विवाहपूर्व शारीरिक सम्बन्धहरुमा कसरी झेलिरहेका छन् । केही सम्माननीय व्यक्तिहरुले शारीरिक सम्बन्धको बारेमा कुरा गरिरहेका छन् भन्ने तर्क गरिरहेका छन् । यो सबै भिक्टोरियन र महिलाको यौन सम्बन्धको इस्लामिक दृष्टिकोणको साथमा भइरहेको छ ।’

उनको यो ट्विटको जवाफ दिदै एक प्रयोगकर्ताले गरेका छन् । ‘विवाह पुर्वको सम्बन्ध बनाउने सस्कार हाम्रो होइन् । के तपाइँ सनातन धर्मको विरुद्ध हो ।’ कंगना हाल हैदरावादमा फिल्म थलाइवीको सुर्टिङमा व्यस्त छिन् । पछिल्लो समयमा उनको सानो भाई अक्षतको विवाह भएको थियो । भाईको विवाहमा कंगनाले परिवारसँग समय बिताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!