हिपमत डटकम

शुक्रबार, मंसिर ०५, २०७७ || 806  पटक पढिएको

भारतका चर्चित हास्यकलाकार कपिल शर्माको परिवारमा दोस्रो सन्तानको जन्म हुँदैछ । भारतीय सञ्चार माध्यम आजतकका अनुसार कपिलकी श्रीमती दोस्रो पटक गर्भवती छिन् र २०२१ जनवरीमा उनको ड्यू डेट छ । जानकारीका अनुसार कपिलकी आमा मुम्बई पुगिसकेकी छिन् र चाँडै नै उनको बाँकी परिवार पनि मुम्बई आउने तयारीमा छन् ।

करवाचौथको दिन कपिलकी साथी भारती सिंह इन्स्टाग्राममा लाइभ आएकी थिइन् । लाइभ स्ट्रिमको अन्त्यमा केही बेरका लागि गिन्नी पनि देखिएकी थिइन् । त्यतिबेला उनको बेबी बम्प स्पष्ट रुपमा देखिएको थियो ।

कपिल र गिन्नीको अनायरा नामकी छोरी पनि छिन् । अनायरा डिसेम्बरमा एक वर्ष हुँदैछिन् ।

अनायराको जन्म डिसेम्बर १० मा भएको थियो । १२ डिसेम्बरमा कपिल शर्मा र गिन्नी चतरथले आफ्नो विवाहको दोस्रो वर्षगाँठ मनाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!