मंगलबार, माघ ०७, २०७६ || 873  पटक पढिएको

हिपमत डटकम
मोरङ,७ माघ :झापा अर्जुनधारा नगरपालिका-५ बस्ने ५४ बर्षीय पशुपति भट्टराईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ। सोमवार अपरान्ह पौने ४ बजे मोरङ बेलबारी-४ बेतना स्थित पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को १ ज ३७६४ नम्बरको म्याजिक एक आपसमा ठोक्किदा मोटरसाईकल चालक भट्टराई तथा पछाडी सवार रहेकी निजकै श्रीमती लक्ष्मी भट्टराई घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी बिराटनगरको न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा पशुपति भट्टराईको बेलुका साँढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । म्याजिक र चालक उक्त कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!