मंगलबार, माघ ०७, २०७६ || 1185  पटक पढिएको

हिपमत डटकम
बिराटनगर ,माघ-७:मौसम बिगीय अनुसार काठमाडौंसहित देशभरको मौसममा आजदेखि सुधार हुँदै जाने अनुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम सामान्य रहने जनाएको छ ।पश्चिमी भेगका केहि स्थानमा हल्का वर्षा र सफा हुने सम्भावना रहेको तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ । मंगलबार राती देशका अधिकांश भू–भागमा आंशिक देखि सामान्य बदली रहने जनाइएको छ।त्यस्तै उच्च हिमाली भेगमा हिमपातको सम्भावना बढ्न सक्ने पनि जनाइएको छ । त्यस्तै, बुधबार दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने जनाइएको छ। तराईका भू–भागमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले अनुमान गरेको छ ।बुधबार राती भने मौसम सामान्यतया सफा रहने छ भने बिहिबार दिउँसोसम्म मौसममा पूर्ण सुधार हुने उल्लेख छ । देशभरका जनतालाई चिसोबाट बाचनको लागि न्यानो लुगा र तातो खानाखानु आग्राह गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!