हिपमत डटकम

मंगलबार, मंसिर ०२, २०७७ || 901  पटक पढिएको

नेपाली खानाको स्वाद बढाउनका लागि लसुनको प्रयोग गर्ने गरिन्छ । लसुनको पातदेखि यसको केस्रासमेतले तरकारीको स्वाद बढाइदिन्छ । यसको सुगन्धले समेत तरकारीलाई थप स्वादिष्ट बनाउँछ । लसुनमा पाइने एलिसन र एजोइन साथै आर्गोसल्फर यौगिकका कारण शरीरालाई मजबुत बनाउँछ ।

लसुनलाई तरकारीको स्वाद बढाउनका लागि मात्रै होइन यसको सेवनले लामो समयसम्म औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग बिहान गर्दा सबैभन्दा बढी उपयोगी हुन्छ ।

कसरी खाने ?
लसुनको दुई वटा केस्रा लिएर त्यसको बाहिरको बोक्रा फाल्ने र थिचेर खाली पेटमा पानीसँग खाने । खाली पेटमा दुई केस्राभन्दा बढी लसुन खानुहुँदैन । तर, तपाईंमा वाकवाकी लागेमा, कब्जियत भएमा लसुनको सेवन नगर्नुस् । गर्भवती महिला, बच्चा, मधुमेह, न्यून रक्तचाप र स्तनपान गराइरहेकी महिलाले पनि खाली पेटमा यसको सेवन गर्न हुँदैन ।

के छ फाइदा ?
काँचो लसुन मुख गन्हाउने र पेटमा जलन पैदा गर्ने कारक तत्व बन्न सक्छ । तर यसको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । यसमो क्यालोरीको मात्रा कम र भिटामिन सी, भिटामिन बी६ र म्याग्नीजले भरपुर हुन्छ । यसमा भएको सल्फर यौगिकका कारण यो निकै फाइदाजनक हुन्छ । लसुन चपाउने, काट्ने र थिच्ने समयमा यसमा भएको यौगिक निस्किन्छ । र उक्त यौगिक पाचन नली हुँदै शरीरमा प्रवेश गर्छ । शरीरमा प्रवेश गरेपछि लसुनमा भएको यौगिकले बायोलोजिकल प्रभाव पार्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन
दिनमा ४ देखि ५ केस्रा लसुनको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । चिसो मौसममा यसको सेवन अत्यन्त जरुरी हुन्छ । यसमा भएको यौगिक र स्वतन्त्र रेडिकल्स र रोगको कारण बन्ने विभिन्न प्रकारका जिवाणुसँग लड्न मद्दत गर्छ । थिचेको लसुनमा एलिसन हुन्छ जसले स्वास्थ्यमा आन्तरिक रक्षा तन्त्र बढाउँछ ।

पेटको स्वास्थ्यका लागि
पेट स्वस्थ हुनु र मोटोपनमा कमी आउनु दुवै एक अर्कासँग सम्बन्धित हुन्छन् । आन्द्रामा राम्रो ब्याक्टेरियाको संख्यामा कमी गर्न लसुन निकै फाइदाजनक हुन्छ । पेटसँगसम्बन्धित विभिन्न समस्या कम गर्न लसुनको प्रयोग गर्नुपर्छ ।

शरीरलाई डिटोक्स गर्न
काँचो लसुनको सेवनले शरीरलाई डिटोक्स गर्छ । काँचो लसुनले शरीरबाट टोक्सिन्स निकाल्छ । लसुनमा हुने सल्फाइड्राइल यौगिकले शरीरमा भएको दुषित अंश हटाएर मधुमेह, डिप्रेशन र क्यान्सर जस्ता समस्या हुनबाट बचाउँछ ।

छालाका लागि फाइदाजनक
सुख्खा छाला र चिलाउने समस्यामा लसुन फाइजनक हुन्छ । खाली पेटमा लसुनको सेवन गर्दा कोमल छाला र सफा छाला बनाउँछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!