हिपमत डटकम

मंगलबार, मंसिर ०२, २०७७ || 602  पटक पढिएको

बलिउड अभिनेता सोनु सुद सधैँ समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्नेमा अगाडि छन् । जो उनीसँग सहयोगको अपेक्षा गर्दछन् उनीहरुलाई सहयोग गर्न उनी मरिमेटेर लाग्छन् । दोस्रो व्यक्तिको सहयोगका लागि हमेसा तयार रहने सोनुलाई उनका फ्यानले पूजा नै गरेको खबर आएको छ ।

हालै सामाजिक संजालबाट एउटा भिडियो बाहिर आएको छ । जुन भिडियोमा एक व्यक्तिले देवताको तस्विरका साथ अभिनेता सुदको तस्बिर समेत राखेर पूजा गरिरहेका छन् ।

भिडियोमा सोमनाथ श्रीवास्तब नाम भएका ती व्यक्तिले सुदको फोटोका साथ देवताको फोटो राखेर एकसाथ पूजा गरेका हुन् । सोमनाथले भिडियो सार्वजनिक गर्दै अभिनेता सुदलाई समेत ट्याग गरेका छन् ।
सोदुले भने ती फ्यानलाई आफ्नो स्थान त्यो नभएको बताएका छन् । उनले लेखेका छन् ‘मेरो स्थान त्यो होइन । मात्र तपाइको दिलमा हुनुपर्छ ।’

सोदुले आफ्नो सहयोगबाट धेरै मानिसमा खुसी ल्याइदिएका छन् । उनको सहयोगले धेरैको जीवनमा समेत परिवर्तन आएको छ ।

सोनु छिट्टै फिल्म ‘पृथ्वीराज’मा समेत देखिदैछिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!