हिपमत डटकम

मंगलबार, मंसिर ०२, २०७७ || 839  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता बोमबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताए ।
उनले खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् ।

“गुल्मी जिल्लामा उहाँले नटेकेको कुनै बाटो छ्रैन होला, उहाँले नभेटेको कुनै व्यक्ति छैन होला ।” नेता खड्काले लुम्बिनी विशेषतः गुल्मी जिल्लाको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएका छन् । “सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका विशेषता हुन्”, सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले नेता खड्काका योगदान चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!