बलिउड अभिनेत्री करिश्मा कपुर र अभिनेता आमिर खानको जोडीलाई पर्दामा निकै रुचाइएको थियो । आज पनि दुबैको फिल्मलाई दर्शकले मन पराउने गरेका छन् । करिश्मा र आमिरको जोडीलाई दर्शकले धेरै मन पराएको फिल्म ‘राजा हिन्दुस्तानी’ रिलिज भएको अहिले २४ वर्ष पुरा भएको छ । फिल्म दर्शकको मनमा बस्न सफल भएको छ ।

फिल्म एक किस सिनको कारणले पनि चर्चामा रहेको थियो । उक्त सिन करिश्मा र आमिरमाथि खिचिएको थियो । यो सिनका लागि करिश्माले निकै मिहिनेत गर्नु परेको बताएकी थिइन् । १९९६ मा रिलिज फिल्मको हरेक सिन महत्वपूर्ण रहेको थियो ।

एक अन्तवार्ताको क्रममा अभिनेत्री करिश्माले ‘राजा हिन्दुस्तानी’ को किस सिन निकै चर्चामा रहेको बताएकी थिइन् । उक्त सिन सुटिङका लागि आफुहरुलाई तीन दिन लागेको बताएकी थिइन् । ‘म कापिरहेको थिए । सोच्थे कहिले सकिन्छ उक्त सिन’ उनले अन्तवार्तामा बताएकी थिइन् । उक्त सिन फेब्रुअरी महिनामा उटीको निकै चिसोमा साँझको ६ बजे छायाँकन भएको थियो ।

फिल्म १५ नोभेम्बर १९९६ मा रिलिज भएको थियो । फिल्म सुपरहिट साबित भएको थियो । फिल्मले केही सुपरहिट फिल्मका रेकर्ड समेत ब्रेक गर्न सफल भयो । धर्मेश दर्शनको निर्देशन रहेको फिल्ममा करिश्मा र आमिरको अलवा सुरेश ओबराय, अर्चान पुरन सिंह, जोनी लीवर, फरीदा जलाललगायतका कलाकारको अभिनय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!