सोमबार, मंसिर ०१, २०७७ || 1187  पटक पढिएको

अप्पन ब्राह्मण समाज विराटनगरद्वारा मनाइने एतिहासिक काली पुजा भव्यताका साथ सम्पन्न भएको छ । शनिवार लक्षमी पुजाको मध्यरातबाट शुरु भएको सो पुजा सोमवार भाई टिकाको दिन विहानको पुजा आर्चना संगै सम्पन्न भएको हो ।

मैथिल ब्राह्मणहरुको कुल देवीको रुपमा रहेकी माता कालीको विशेष पुजामा वैश्विक माहामारिको रुपमा फैलिएको कोविड–१९ बाट शान्ति मिलोस् भन्ने कामना गरिएको अयोजक संस्थाका अध्यक्ष कुमुद मोहन झाले जानकारी दिए । वहाँले सरकारद्वार जारी मापदण्डको पूर्ण पालना सहित वैदिक तथा लौकिक विधि अनुसार पुजा सम्पन्न भएको बताउनु भयो । अध्यक्ष झाका अनुसार भीडभाड नगर्नका लागि साँस्कृतिक कार्यक्रमको अजोजना नगरिए पनि संस्थका सदस्य एवं पदाधिकारीहरुले भजन गान गरेका थिए ।

कालीपुजाको दोस्रो दिन आइतवार अनलाईन रचनात्मक कला कृति प्रस्तुति कार्यक्रमका १७ जना छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो । ती छात्रछात्राहरुले लकडाउनको बेला अन्तर्राष्ट्रीय साक्षरता दिवसको अवसरमा समाजद्वारा अयोजना गरिएको अनलाईन रचनात्मक कला कृति प्रस्तुति कार्यक्रममा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

पुजा हुनु भन्दा अगाडी सैनिक टोल बाट गाजाबाजका साथै भव्य शोभा यात्रा गर्दै माँ कालीको प्रतिमा रोडशेष चौक स्थित पुजा स्थालमा ल्याई स्थापित गरिएको थियो । माता कालीको कृपाले मात्र यास्तो भिषम परिस्थितीमा हामीले भव्य र सभ्य रुपमा पुजा सम्पन्न गर्न सकियो समाजका सल्लाहकार विरेन्द्रकुमार झा (बिरु सर) ले बताए ।

पुजामा समाजका सम्पूर्ण सदस्य, पदाधिकारी, सल्लाहकारको सक्रिय उपस्थिती थियो । सेकडौं नगरवासीहरुले माता कालीको पुजा–अर्चना दर्शन गरे । दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुमा प्रसाद वितरण गरिएको थियो ।

अप्पन ब्राह्मण समाजको स्थापना संगै पहिलो कार्यक्रमको रुपमा गतवर्ष देखि काली पुजको शुभारम्भ गरिएको हो । विराटनगरकै इतिहासमा पहिलो चोटि अप्पन ब्राह्मण समाजद्वारा कालीपुजाको शुरुवात भएको समाजले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!