हिपमत डटकम

सोमबार, मंसिर ०१, २०७७ || 991  पटक पढिएको

नेपाली राष्ट्रिय फुटबल टीम बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेको छ । पहिलो खेलमा २—० गोल अन्तरले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित्नै पर्ने दबावका साथ प्रशिक्षणमा जुटेको हो । नेपालले आफ्नो अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको छ ।

नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण थालिएको बताए । पहिलो खेलमा भएका कमीकमजोरीहरुलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा आफूहरु रहेको उनले बताए । कोभिडका कारण अभ्यासमा पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनु परेको उनले बताए । आगामी खेलमा पहिलो खेलमा देखिएको कमीकमजोरीलाई सच्याउने पनि उनले बताए ।

खेलाडीहरु पनि दोस्रो खेलका लागि उत्साहित रहेका छन् । टीममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरुको भनाइ छ । शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!