हिपमत डटकम
काठमाडौं,माघ-७:अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अङ्क दिन पाइने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको विद्यालय तहको पाठ्यक्रममा प्रयोगात्मक अङ्कका लागि मापदण्ड निर्धारण गरिएपछि सो व्यवस्था भएको हो ।शिक्षकले मापदण्ड अनुरूप अङ्क प्रदान गर्ने भएपछि हालको जस्तो वार्षिक परीक्षामा सैद्धान्तिकमा ‘ई’ ग्रेड ल्याएका परीक्षार्थीको प्रयोगात्मकमा ‘ए प्लस’ प्राप्त हुने प्रवृत्ति स्वतः हट्ने छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले भने, “शिक्षकले प्रयोगात्मक परीक्षामा जथाभावी अङ्क दिन पाउने छैनन् । वास्तविक प्रयोगात्मकका आधारमा विद्यार्थीले अङ्क पाउने छन् ।” यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!