हिपमत डटकम

आइतबार, कार्तिक ३०, २०७७ || 781  पटक पढिएको

उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका—७ को विकट पहाडी क्षेत्र मैनामैनीमा गाउँमा पहिलोपटक लक्ष्मी पूजाको दिन बिजुली पुगेपछि स्थानीय गाउँले हर्षित भएका छन् । शनिबार लक्ष्मी पूजाको दिन मैनामैनीमा बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरीले पहिलोपटक बिजुली बत्तीको औपचारिक उद्घाटन गरेको बेलकाका उपप्रमुख राजकुमारी चौधरीले बताए ।

नेपाल सरकारको ९० प्रतिशत लगानी अर्थात् रु १२ करोड ६० लाख बजेट र बेलका नगरपालिकाको १० प्रतिशत अर्थात् एक करोड ४० लाख बजेटसहित कूल रु १४ करोडको बजेटमा पहिलोपटक विकट मैनामैनी गाउँमा बिजुली पुगेको बेलका नगरपालिकाले बताएको छ । शनिबार मैनामैनी गाउँमा औपचारिक रुपमा बिजुलीको उद्घाटन भएपछि लक्ष्मी पूजाको दिनदेखि मेनामैनीको सूर्यचौक र मूल गाउँ गरेर दुई गाउँको सय घरभन्दा बढी परिवारहरुको घरमा बिजुली बल्न शुरु गरेको बेलका नगरपालिकाले बताएको छ । बेलकाको रामपुर र सुनसरी चतराको कनेक्सनबाट पहिलोपटक मैनामैनीमा बिजुली बत्ती विस्तार गरिएको पनि बेलका नगरपालिकाले बताएको छ ।

मैनामैनीमा पहिलोपटक बिजुली पुगेपछि मेनामैनी सूर्यचौकका स्थानीयवासी बलबहादुर राई यसरी खुशी व्यक्त गरे, “उदयपुरको कर्णाली भनेर चिनिने मैनामैनी गाउँ हिजोदेखि विकासमा पछि पर्दै आएको हो, त्यही तल रामपुर र सप्तकोशीपारि चतरा बिजुलीले झिलिमिली थियो, हामी यही नजिकै पहाडी गाउँ अँध्यारोमा बिताउँदै आएको थियौँ, ढिलै भए पनि बिजुली आयो, अब गाउँ नै उज्यालो भएकामा खुशी छौँ ।”

मैनामैनी मूलगाउँकी अप्सरा राई आफ्नो खुशी यसरी व्यक्त गरे, “वारिपारि सबैतिर बिजुली बलेको भए पनि हामी गाउँलेहरु अँधेरोमा बस्दै आउन परेको थियो नेपाल सरकार र स्थानीय सरकारको पहलमा तिहारको समयमा बिजली आयो अब गाउँमा विकासको लहर आएको जस्तो लाग्यो, लक्ष्मीपूजाको पहिलोपटक गाउँ नै झिलिमिली भएको छ, सबै गाउँवासी हर्षित र ज्यादै खुशी भएका छौँ ।”

स्थानीयवासी जीवन राईका अनुसार गाउँको सप्तकोशीपारि सुनसरी र तल बेलका रातको समयमा बिजुली बत्तीले झिलिमिली देखिने गरेको तर आफूहरु वारिपारिको झिलिमिली बत्ती हेरे अहिलेसम्म पनि मैनामैनीका जनता रातमा टुकी बालेर अन्धकारमा रात बिताउँदै आएको राई बताउँछन् । लक्ष्मी पूजाको दिन पहिलोपटक मैनामैनीमा बिजुली पुगेपछि गाउँ झलमल्ल भएकाले अब गाउँमा साक्षात लक्ष्मी भित्रिएको अनुभव भएकाले खुशीको सीमा नै नाघेको मैनामैनीका पूर्वशिक्षक खबरबहादुर राईले बताए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!