हिपमत डटकम

शुक्रबार, कार्तिक २८, २०७७ || 738  पटक पढिएको

बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल २(० ले पराजित भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा आयोजक टोलीले नेपाललाई हराएको हो । बंगलादेशबाट मोहमद नाबिब र मबुबुर रहमानले एक–एक गोल गरे । मोहमद नाबिबले १० औं मिनेटमा साद उदीनको क्रसमा वान टचमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ८० मिनेटमा रहमानले अग्रता दोब्बर पारे ।

अब दोस्रो मैत्रिपूर्ण खेलमा नेपालले २ मंसिरमा फेरि बंगलादेशको सामना गर्नेछ । गत वर्ष नोभेम्बरमा कुवेतसँग पराजित भएको सिनियर राष्ट्रिय टोलीले त्यसयता खेलेको यो पहिलो खेल हो । कोरोना भाइरस महामारीका कारण गत चैतमा लकडाउन भएयता नेपालमा फुटबल गतिविधि ठप्प थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!