हिपमत डटकम

शुक्रबार, कार्तिक २८, २०७७ || 837  पटक पढिएको

वीर नेपाली सेनाप्रति समर्पित गर्दै गीतकार सुमन योञ्जनको शब्दमा रहेको देशप्रेम गीत ‘कालापानी सिमाना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा अम्बेर तुम्बापो र किरण गजमेरको संगीत रहेको छ। यस गीतलाई कमल राईले संगीत संयोजन गरेका हुन्।

यस गीतमा नेपाल आइडल फेम्ड गायिका मेघा श्रेष्ठ , पवन गिरी, बिक्रम बराल र साथमा किरण गजमेर र कमल राईको स्वर सुन्न सकिन्छ।

देशको निम्ति ज्यानको बाजी राखेर लड्ने सिपाहीको कथा समेटिएको म्युजिक भिडियोमा निराजन प्रधान , गीता थापा , राम प्रसाद हुमागाई र अजय हुमागाईको अभिनय देख्न सकिन्छ। हरि हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। मन्जु खड्का योञ्जन उत्पादक रहेको भिडियोलाई सिम्पल खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।

अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गीतकार योञ्जनका यसअघि ‘पानी पिउने बहानामा’ , ‘हामी संग संगै हिड्दा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन्। भर्खरै सार्वजनिक म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीत प्रेमीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!