हिपमत डटकम

शुक्रबार, कार्तिक २८, २०७७ || 1012  पटक पढिएको

निर्देशक, अभिनेता तथा कोरियोग्राफर प्रभु देवा आजकाल चर्चामा छन् । उनी विशेषगरी आफ्नो सम्बन्धका कारण चर्चामा छाएका छन् । भारतीय मिडियामा प्रकाशित खबरका अनुसार प्रभु देवाले दोस्रो विवाह गर्न लागेका छन् । एक ग्रुप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका प्रभुद्वा आज दक्षिण भारतीय फिल्ममा मात्रै नभई बलिउडका शीर्ष कोरियाग्राफर र निर्देशकको रुपमा पनि परिचित छन् । प्रभु देवाले सन् २०११ मा श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका थिए ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रभु देवा आजकाल आफ्नी भाञ्जीलाई डेट गरिरहेका छन् र उनीहरु चाँडै नै विवाह गर्ने तयारीमा छन् । यद्यपि, यी खबरबारे प्रभु देवाको तर्फबाट कुनै आधिकारि बयान सार्वजनिक भएको छैन, न नै उनको समूहले यो खबरलाई पुष्टि नै गरेको छ ।

प्रभु देवाको सम्बन्धविच्छेद हुनुअघि उनको नाम दक्षिण भारतीय फिल्मकी सफल नायिका नयनतारासँग पनि जोडिएको थियो । प्रभु देवा र रामलताका तीन छोरा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!