हिपमत डटकम

बिहिबार, कार्तिक २७, २०७७ || 911  पटक पढिएको

बलिउड सलमान खान प्रायः फिल्महरुमा ‘दबंग’ र ‘माचो’ अन्दाजमा नै देखिन्छन् । स्रोतका अनुसार सलमान वास्तविक जीवनमा पनि दबंग अन्दाजका नै छन् । तर, कुनै समय सलमान खान एक अभिनेत्रीसँग काम गर्न डराउँथे । उनी ९०को दशककी चर्चित अभिनेत्री श्रीदेवीसँग फिल्म खेल्न डराउँथे ।

श्रीदेवी ९० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन् । उनले खेलेका हरेक फिल्म हिट हुन्छन् भन्ने ग्यारेन्टी नै थियो । साथै, उनी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री पनि हुन् । उनलाई उक्त समयमा १ करोड (भारतिय रुपियाँ) अफर गरिन्थ्यो ।

उनलाई लिएर फिल्म बनाउन प्रसिद्ध निर्देशक तथा निर्माता लाइनमा बसेका हुन्थे । सलमानले श्रीदेवीसँग सन् १९९३ मा ‘चन्द्रमुखी’ र सन् १९९४ मा ‘चांदका टुकडा’ मा काम गरेका थिए ।

सलमान खान श्रीदेवीको चर्चासँग डराउँथे । एक अन्तरवार्तामा उनले धेरै दर्शक श्रीदेवीलाई हेर्न जाने र फिल्मको हिरोलाई कम मात्र ध्यान दिने भएकाले श्रीदेवीसँग काम गर्दा आफ्नो भूमिका शुन्य हुनेमा डराउँने पनि उनले उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!