हिपमत डटकम

बुधबार, कार्तिक २६, २०७७ || 653  पटक पढिएको

अभिनेत्री श्रद्धा कपुर छिट्टै एक फिल्ममा इच्छाधारी नागिनको भूमिका निर्वाह गर्दैछिन् । उनी आफैंले सामाजिक सञ्जाल मार्फत एक फिल्मको सिक्वेलमा आफुले इच्छाधारी नागिनको भूमिका निर्वाह गर्न लागेको बताएकी हुन् । फिल्ममा नागिनको भूमिका निर्वाह गर्न उनी निकै एक्साइटेट छिन् । श्रद्धाले अहिले नागिन अवतारको फरक–फरक लुक्स तस्बिर सार्वजनिक गरेकी छन् । जसलाई हेरेर फ्यानले उनीप्रति निकै माया बर्षाइरहेका छन् । श्रद्धाले तस्बिर आफ्नो इस्टाग्राम एकाउन्टबाट शेयर गरेकी हुन् । जसको क्याप्सनमा उनले लेखेकी छन्– ‘केही उत्कृष्ट आर्टको काम तपाईहरु माझ शेयर गर्दैछु । जसलाई तपाईहरुले नै इडिट गरेर प्यारले निर्माण गर्नुभयो । यी सबैको लागि म दिलैदेखि तपाईहरुको आभारी छु । सबैलाई धेरै–धेरै धन्यवाद ।’

श्रद्धाले आफ्नो फरक–फरक १० नागिन लुक्सको तस्बिर समेत सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी छन् । हरेक नागिन अवतारमा उनी फरक देखिएकी छन् । उनलाई नागिन लुक्स निकै राम्रो देखिएको छ । उनका हरेक तस्बिरबाट उनी डस्नका लागि तयार रहेको भान हुने गर्दछ ।

फ्यान उनका सबै नागिन तस्बिरको प्रशंसा गरिरहेका छन् । श्रद्धा एक लबस्टोरी फिल्ममा नागिनको अवतारमा देखिन लागेकी हुन् । जसको निर्देशन विशाल फुरियाले गर्दैछन् । यसका निर्माता निखिल द्धिवेदी हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!