हिपमत डटकम
मोरङ,६ माघ : मोरङको मिक्लाजुङ गाउँपालिका– १ रमितेमा आइतबार राति तीन वटा स्काभेटरमा अज्ञात समूहले आगजनी गरिएको छ ।
आइतबार राति करिब ९ बजे उर्लाबारी किशान चोक–रमिते सडकमा राखिएका तीन वटा स्काभेटरमा आगजनी गरिएको हो । आगजनीबाट करिब ३ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । ठेकेदार कम्पनीको १ वटा र २ वटा भाडाका स्काभेटरमा तोडफोड गरी दाउरा लगाएर आगजनी गरेका छन् । आगजनीबाट तीन वटै स्काभेटरमा क्षति पुगेको छ । आइतबार राती नै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राई र सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारीका प्रहरी निरीक्षकको संयुक्त टोली घटना स्थलतर्फ गएपनि हिँड्दै जाँदा विहान ४ बजे मात्र पुगेको थियो । १०÷१२ जनाको समूहमा आएका ब्यक्तिहरुले आगलागी करिब २ घण्टा घटना स्थलमा विताएको स्थानीयबासीले बताएका छन् । तोडफोड र आगजनी गरेपछि स्थानीयबासीहरु राती नै घर छोडेका थिए । उनीहरु विहानमात्र त्यहाँ पुगे । मोरङ क्षेत्र नं. १ प्रदेश सांसदद्वय कुलप्रसाद साम्बा लिम्बू (कुशल), उपेन्द्र घिमिरे, प्रमुख जिल्ला अधिकारी मदन भूजेल, मोरङका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधिलगायतको टोलीले सोमबार घटना स्थलको निरीक्षण गरेका छन् । घटना स्थलको निरीक्षण पश्चात संचारकर्मीहरुसँग कुराकानी गर्दै मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद लिम्बूले विकास विरोधी समूहले स्काभेटरमा आगजनी गरेको भन्दै आक्रोश पोखे । उनले घटनामा विप्लब समूहको हात रहेको दाबी गर्दै विकास निर्माणका काममा अवरोध नगर्न आग्रह गरे । ठेकेदारलाई चन्दा माग्ने धम्काउने जस्ता हर्कत गर्ने जोकोही विकास विरोधी भएकाले उनीहरुलाई कानुन बमोजिन कार्वाही गर्न उनले माग गरे । उनले आफूलाई मार्न र विकासको काम नरोक्न चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!