गणेश कुमार ठाकुर

मंगलबार, कार्तिक २५, २०७७ || 1000  पटक पढिएको

सिरहा। सिरहा निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेश सांसद दिलिप साहले अति तल्लो मानिने  डोम समुदायको बसोबासको निर्माणका लागि शिलान्यास गरेको हो । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. ११ (बगहा) स्थित दलित आवास कार्यक्रम अन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेश सांसद दिलिप साहले दलित भित्रका अति विपन्न मानिएका डोम समुदायको घर निर्माणका लागि शिलान्यास गरेको हो ।

आफुले गरेको प्रतिबद्धता स्मरण गर्दै सिरहा निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेश सांसद दिलिप साहले डोम समुदायका परिवारको लागि घर निर्माण शिलान्यास गर्नुभएको छ । यो संगै सो क्षेत्रमा ३७ जना डोम समुदायको घर निमार्ण हुने उनले जानकारी दिए । जिल्ला भित्र जनता आवास कार्यक्रम अन्तर्गत ४१० वटा दलितको घर निमार्ण हुने भएको छ ।

कार्यक्रम मार्फत ३ लाख ५० हजार प्रतिघर परिवारलाई निमार्णका लागि रुपैया दिईने उनले सांसद साहले बताए । अति आर्थिक विपन्नताको विच जिवनयापन गरिरहेको डोम समुदायको घर निमार्णले जिवन स्तरमा सुधार हुने सांसद साहले विश्वास व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!