हिपमत डटकम

सोमबार, कार्तिक २४, २०७७ || 2199  पटक पढिएको

परिवारमा कमाइ भएपनि घरमा धनको अभाव रहन्छ । घरमा पैसाको अभावले तनाव पैदा गर्छ । कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हात लाग्दैन ।

यस्तो वास्तु दोषका कारण हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु शास्त्रका अनुसार घरमा केही बस्तुलाई राख्दा धनको अभाव हुँदैन ।
घरमा राख्नुस् यी ६ कुरा धनको अभाव हुँदैनः

१- माटोको घडा
घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् ।

२– घरको दक्षिण- पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन ।

३- घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अभाव दुर हुन्छ ।

४- घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभाव हुन दिँदैन ।

५- घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अभाव हुन दिँदैन ।

६- वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अभाव हुन दिँदैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!