हिपमत डटकम

सोमबार, कार्तिक २४, २०७७ || 678  पटक पढिएको

इङ्ल्याण्डका चर्चित व्याट्सम्यान जेम्स भिन्स पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित भएपछि आगामी पाकिस्तान सुपर लिग (पिएसएल) मा उनको सहभागिता हुने कि नहुने भन्ने बारेमा अनिश्चित भएको छ ।

उनलाई अहिले कुनै लक्षण नदेखिएको र चाडै नै फेरि परीक्षण गर्ने तयारी भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । अहिलेलाई भने व्याट्सम्यान भिन्सलाई कम्तीमा दश दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने बाध्यता आइपरेको छ । सङ्क्रमण पुष्टि भएको दिन देखि नै उनी सेल्फ आइसोलेसनमा बसेका हुन् ।

कोरोनाभाइरसका कारण विश्वका धेरै प्रभावशाली खेलाडीहरू सङ्क्रमित भएका छन् । लामो समय खेल गतिविधि बन्द भएपनि पछिल्लो समय विस्तारै सूचारु हुन लागिरहेका बेला खेलाडीहरु सङ्क्रमित हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!