हिपमत डटकम

शुक्रबार, कार्तिक २१, २०७७ || 2707  पटक पढिएको

सच्चा प्रेमलाई पाउने सबैको इच्छा हुन्छ । साथै सम्बन्ध धेरै समय सम्म टिकोस् भन्ने पनि सबैको चाहना हुन्छ । तर सबैको सम्बन्ध धेरै समय सम्म टिक्छ भन्ने चाहिं केहि छैन। ज्योतिष शास्त्रले हरेक राशिको फरक-फरक राशिको व्यवहार फरक हुने गर्छ। व्यवहार मात्र नभई भाग्य पनि राशि अनुसार फरक हुन्छ।

जसकारण प्रेम सम्वन्ध कस्तो भने भन्ने पनि राशि अनुसार फरक पर्न जान्छ। ज्योतिष शास्त्र अनुसार निम्न उल्लेखित राशिहरुको छिट्टै “ब्रेकअप” हुने गर्छ।

मेष

मेष राशि हुनेहरु ऊर्जाले भरिएका हुन्छन्। तर उर्जाले भरीपूर्ण भएता पनि यस राशि हुनेहरु आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दैनन्। छिटो-छिटो रिसाउने र आफ्नो रिस लुकाउन नसक्नाले मेष राशि हुनेहरुको प्रेम छिट्टै टुट्ने गर्छ। सामान्यतया यस राशि हुनेहरुको प्रेम सम्बन्ध धेरै हुने भएता पनि “ब्रेकअप” भने सानो-सानो कुरामा हुन्छ।

तुला

स्वभावको कुरा गर्ने हो भने तुला राशि हुनेहरु भावुक मानिन्छन्। यस राशि हुनेहरु सामान्य विषयमा पनि छिट्टै भावुक हुन्छन्। तर यहि भावुकता प्रेम सम्बन्धको मामलामामा बाधा बन्ने गर्छ। साथै कहिले काहीं चाहिने भन्दा बढी टिप्पणी गर्ने बानिले पनि यस राशि हुनेहरुको छिट्टै “ब्रेकअप” गराउनको भूमिका खेल्ने गर्छ। तर तुला राशि हुनेहरु प्रेम टुटेकोमा लामो समय सम्म चिन्ता भने गर्दैनन्।

वृश्चिक

वृश्चिक राशि हुनेहरु केही मात्रामा रुष्ट स्वभावका हुने गर्छन्। साथै सानो-सानो विषयमा पनि प्रतिक्रिया जनाउने यस राशि हुनेहरुको बानि हुने गर्छ। यहि बानिको कारण वृश्चिक राशि हुनेहरुको छिट्टै “ब्रेकअप” हुने गर्छ। यति मात्र नभई सामान्य गल्तिलाई पनि माफ गर्न नसक्ने मानसिकताको कारण यस राशी हुनेहरुको प्रेम सम्बन्धमा धेरै समस्या देखा पर्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!