हिपमत डटकम

शुक्रबार, कार्तिक २१, २०७७ || 1565  पटक पढिएको

हिन्दुधर्म अनुसार हरेक कामको आ -आफ्नै समय हुन्छ । जुन समय हाम्रो शास्त्रमै तोकिदिएको हुन्छ । रातमा कुच्चो लगाउदा लक्ष्मी रिसाउने र दरिद्रताको जन्म हुने धार्मिक विश्वास रहिआएको छ । यति लाउनै पर्ने अवस्था आयो भने घरबाट निस्केकको फोहोरलाई एउटा भाडोमा वा एक स्थानमा उठाएर राख्ने गर्नुपर्छ । बाहिर फ्याकेमा धनकी देवी लक्ष्मी रिसाउँछिन् ।

कुच्चो बिहानको सुर्यदय भएको समयमा लगाउनुपर्छ । किनकी शास्त्रमा बिहान सुर्यदयको समयमा सबै देव देवताहरु पृथ्वीको भ्रमणमा निस्केका हुन्छन् । यस्तो बेलामा आफ्नो घरआँगन सफा राखेमा देव देवताको बास हुने र लक्ष्मी माताले सधै साथ दिने बताइएको छ । यदि बिहान कतै जादा कसैले कुच्चो लगाएको देख्नु भयो भने यो शुभलाभको संकेत हो ।

बिहानको समय ४-३० देखि ५-३० सम्मको समयमा तपाईले घरमा कुच्चो लगादै गर्दा तपाईको घरमा गौमाता अर्थात गाई आइन् भने तपाईको घरमा लक्ष्मीको वर्षात हुन्छ । तर घरको झाडु , पोछा तथा कुच्चो बिहान सुर्यदयको समयमा नै लगाउनुपर्छ ।चुच्चो किन्दा कृष्ण पक्षको शनिबार पारे किन्दा घरमा आर्थिक संकट हट्ने, राम्रा कार्यको थालनी हुने गर्दछ । भाँचिएको कुच्चो, सानो भएको कुच्चोको प्रयोग गर्नु हुदैन र यस्तो कुच्चो घरमा राख्नु राम्रो मानिदैन ।

कुच्चे राख्दा कसैले नदेख्ने ठाँउमा राख्नुपर्छ । यदि तपाईले लुकाएर राखेको कुच्चो तपाईको सानो बच्चाले भेटि कुच्चो लगाएमा यसलाई शुभ मानिन्छ । कुच्चोलाई भान्सा कोठामा, भण्डार कोठामा तथा पैसा तथा धन राख्ने दराजसँग जोडेर राख्नुहुँदैन । यस्तो गरेमा लक्ष्मी माता रिसाउँछिन् । कुच्चो लक्ष्मी माताको प्रतिक हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!