हिपमत डटकम

शुक्रबार, कार्तिक २१, २०७७ || 846  पटक पढिएको

विराटनगर । साविक विजेता मुम्बई इन्डियन्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पहिलो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ५७ रनले हराउँदै मुम्बई उपाधि नजिक पुगेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले जितका लागि दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभर खेल्दा ८ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि मार्कुस स्टोइनिसले ६५ रनको अर्धशतकीय इनिङ्स खेले भने अक्षर पटेलले ४२ रन बनाए ।

कागिसो रबाडाले अजिवित १५ रन बनाउँदा कप्तान श्रेयस ऐयरले १२ रन तथा रिषव पन्तले ३ रन बनाए । । अन्य ब्यामट्सम्यानले अंक जोड्न सकेनन् । दिल्लीका पृथ्वी शअ, शिखर धवन, अजिन्क्या रहाने र डेनियल साम्स शून्य रनमै पेभिलियन फर्किए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभर खेल्दा ५ विकेट गुमाउँदै २०० रन बनाएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय इनिङ्स खेले भने इशान किशनले अजिवित ५५ रनको अर्धशतकीय पारी खेले ।

क्वीन्टन डी ककले ४० रन बनाउँदा हार्दिक पाण्ड्याले अजिवित ३७ रन बनाए । क्रुनाल पाड्याले १३ रन जोड्दा कप्तान रोहित शर्मा र किरोन पोलार्ड शून्य रनमै पेभिलियन फर्किए ।

बलिङतर्फ दिल्लीका रविचन्द्रन आश्विनले ३ विकेट लिए भने एनरिच नोर्त्जे र मार्कुस स्टोइनिसले समान एक–एक विकेट झारे ।

जितसँगै मुम्बई फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।

दिल्लीलाई अझै पनि फाइनल पुग्ने अवसर छ। तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ ।

अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबादले खेल्नेछन् ।

यसैगरी मुम्बईले यस सिजन लगातार दिल्लीलाई तेस्रोपटक हराएको छ । लिग चरणका दुई भेटमा दिल्लीमाथि मुम्बईले जित दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!