हिपमत डटकम

बिहिबार, कार्तिक २०, २०७७ || 2283  पटक पढिएको

गएको सोमबारदेखि बेपत्ता भएका एकै घरका दुई जना दाजुभइ मृत अवस्थामा फेला परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल सोमबार विहानदेखि सम्पर्कविहीन रहेका थिए । सोमबार बिहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनीहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका थिए ।
उनीहरु दुवैजनाको शव बुधबार साँभ ६ बजेतिर गैंडाकोट ३ जयश्री खोलाको रहमा भेटिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख ईनिस्पेक्टर चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । पानी ल्याउन जयश्री खोलामा वाँधिएको बाँधबाट वनेको रह (पोखरी) को किनारमा एउटा र पानीमा डुवेको अवस्थामा अर्को युवाको शव फेला परेको थापाले जानकारी दिनुभयो । जंगलमा घाँस दाउरा गर्न जानेले शव देखेपछि खबर पाएको थापाले बताउनुभयो ।
बुधबार राति परिसकेकाले अहिले ( आज ) मुचुल्काका लागि प्रहरी टोली घटनास्थलमा पुगेको उहाँले बताउनुभयो । राति मुचुल्का उठाउन नमिल्ने भएकाले आज मुचुल्का उठाएर पोष्टमार्टमका लागि पठाइने थापाले बताउनुभएको छ । पोष्टमार्टमपछि घटनाबारे थप पुष्टि हुने उहाँको भनाइ छ ।
नोटः दाजुभाइको सामाजिक सञ्जालबाट लिएको फोटो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!