अस्पतालले उपचार गर्न अस्वीकार गर्दा मोरङको रतुवामाई नगरपालिका-१० घर भए की ४५ बर्षिय नरमायाँ मगरले आत्महत्या गर्ने बाध्य भईन । उनी ४ बर्ष अगाडि देखि मिर्गौला काे राेग पालेर बस्न बाध्य रहेकि नरमायाँ लाई काेराेना पाेजेटिभ दखिए पछि आर्थिक अभावका कारण अस्पतालमा उपचार नहुदा नरमायाँ लाई परिवार ले घर ल्याउन बाध्य भएका थिए । श्रीमती लाई स्वास्थ्यमा अचानक समस्या आएपछि उनका श्रीमान टेक बहादुर मगर ले कात्तिक ८ शनिबार विराटनगर स्थित नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। उनलेे श्रीमती नरमायाँ लाई असार महिनामा नियमित डायलासिस गराउँदै आईरहेकि आएका थिए ।
अस्पताल भर्ना गरेर पीसीआर परीक्षण गराउँदा ९ गते आईतबार रिपोर्ट पोजिटिभ आयो। परिवारका अनुसार रिपोर्ट पोजिटिभ आएपछि नरमायाँ लाई आइसोलेसनमा राखेर उपचार गराउन अस्पतालले प्रत्येक दिन उपचार खर्च बापत दैनिक १८ हजार लाग्ने र अग्रिम भुक्तानी गर्नुपर्ने अस्पतालले बताए पछि रमक नभए र टेक बहादुरले नरमायाँ लाई ९ गते घर फर्काएर ल्याएको उनलेे बताए । र स्थानीयले नरमायाँलाई घर छेउमा गुवालि घरमा राख्न का लागि तयारी परेका हरेछन र श्रीमती लाई त्यही गुवालि घरमा राखिएको टेक बहादुर ले बताए ।
कार्तिक १० गते बिहानै श्रीमतीलाई झुन्डिएको अवस्थामा देख्नु परकाे मृतकका श्रीमानले बताए । अस्पतालले उपचार गर्न अस्वीकार गर्दा कोरोना भाइरस संक्रमित महिलाले आत्महत्या गर्न बाध्य भएकि श्रिमान ले बताए । उपचार गराउन पाइन्छ कि भनेर कोसिस गरिए पनि त्यो भने सम्भव नभएकाे र श्रिमान ले बताए । उनले भने संक्रमितको उपचार गर्न सकिँदैन भनेर सरकारले नै हात उठाइसकेका कारण हामी जस्ता गरिबले त्यत्तिकै मर्नुपर्ने अवस्था आएकाे समेत उनलेे बताए । उनले भने दसैंको टीकाको दिन बिहानभर गफगाफ गरेर बसेकी श्रीमतीले दिउँसो आत्महत्याको समेत बताए।
त्यसैगरी सरकारले कोरोना संक्रमित व्यक्तीको उपचार निशुल्क गर्न छाडेपछी नागरिकहरु प्राइभेट अस्पतालमा महगो शुल्क तिरेर उपचार गर्न बाध्य छन ।