आइतबार, माघ ०५, २०७६ || 1438  पटक पढिएको

हिपमत डटकम
पथरीशनिश्चरे, ५ माघ :मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले किशोरीहरुमा रगतको कमिबाट उत्पन्न हुने समस्या रोक्न निःशुल्क रुपमा आइरन र फोलिक एसिड वितरण थालेको छ । नगरको स्वास्थ्य शाखाले आज वडा नम्वर १ स्थित पञ्चायत माविमा आयोजित एक कार्यक्रममाझ आइरन र फोलिक एसिड वितरण अभियान थालेको हो । कार्यक्रममा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद शाहले १० वर्षदेखि १९ वर्ष उमेरसम्ममा विद्यालयका किशोरीहरुलाई आइरन र फोलिक एसिड वितरण गर्नुभयो । नगरका लागि सरकारले प्रदान गरेको सशर्त कार्यक्रम अन्तर्गत प्रत्येक हप्ताको एक एकवटा गरी १३ हप्तासम्म लगातार खाने र त्यसको १३ हप्ता छोडेर पुनः त्यसपछिको १३ हप्ता खानुपर्ने तालिका वनाएको छ ।  विद्यालयहरुमा विषयगत शिक्षकबाट र विद्यालय नगएको अवस्थाकालाई महिला स्वास्थ्य स्वयमसेविकाबाट घरमै गएर आइरन र फोलिक एसिड वितरणको कार्यक्रम रहेको छ । नगरमा ८ हजारको हाराहारीमा १० देखि १९ वर्षका युवतीको संख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!