हिपमत डटकम

बुधबार, कार्तिक १९, २०७७ || 1043  पटक पढिएको

कोरोना संक्रमणको कारण अहिले सार्वजनिक यातायात सुरक्षित छैन । भिडभाड हुने सार्वजनिक यातायातभित्र भौतिक दूरी कायम राख्न पनि संभव हुँदैन । यस्तो बेला धेरैको निम्ति सजिलो विकल्प बनेको छ, पैदल हिँड्नु । खासगरी नजिकका गन्तव्यसम्म आउजाउ गर्नका लागि पैदल हिँड्नु नै सर्वोत्तम उपाय हो । यसले क्षणिक रुपमा हामीलाई कोरोनाबाट सुरक्षित राख्ने मात्र होइन, दीर्घकालिन रुपमा स्वास्थ्य लाभ पनि मिल्छ ।

तर, अहिले हामी धेरै सुख सुविधा खोज्न थालेका छौं । पाँच मिनेटको गन्तव्यसम्म पुग्न पनि गाडी चढ्नुपर्ने बानी भइसकेको छ । कतिपयलाई त हिँड्नै जाँगर चल्दैन । सागसब्जी किन्नदेखि सामान्य कामकाजका लागि घरबाट निस्कनसाथ गाडी चढ्ने बानी परेका हामी अहिले रोगी बन्दैछौं । एकातिर ऐशआरमपूर्ण जीवन, अर्कोतिर खराब खानपान । जीवनशैलीकै कारण उच्च रक्तचाप, मधुमेहदेखि क्यान्सरसम्मका रोगहरुले गाँज्न थालेको छ ।

यस्तो स्थितिमा पैदल हिँड्नु एक सर्वोत्तम विकल्प हुनसक्छ, जसले संभावित रोगको भयबाट हामीलाई बचाउँछ । दैनिक केहि समय पैदल हिँडेर हामीले आफ्नो तौल मात्रै घटाउन सक्ने होइन मांसपेसीलाई पनि मजबुत बनाउन सक्छौं । हड्डीहरु र जोर्नीहरुलाई मजबुत बनाउन सकिन्छ । साथै विहानविहानै हिँड्नाले बेचैनी र तनाव कम हुन्छ डिप्रेशनबाट मुक्त हुन पनि सहयोग पुग्छ ।

नियमित रुपमा दैनिक २० देखि ३० मिनेटको पैदलयात्राले मृत्युको खतरा २० प्रतिशत सम्म कम हुन सक्छ । यसको लागि तपाईंलाई दिनभर जिममा पसिना बगाउने आवश्यकता पनि पर्दैन । एक नयाँ अध्ययनबाट हरेक दिन औसत २२ मिनेटमात्रै पैदल हिँडेर मानिसले आफ्नो स्वास्थ्यमा धेरै सुधार गर्न सक्ने खुलासा भएको छ ।

‘अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिन’मा छापिएको यो अध्ययनको नतिजा अनुसार जो मानिस हरेक दिन कम्तिमा पनि २० देखि २० मिनेट हिँड्छन् उनीहरुलाई नियमित हिँड्न अल्छी गर्ने मानिसहरुलाई भन्दा मृत्युको खतरा २० प्रतिशत कम हुन्छ ।

यो अध्ययन पुरा हुन करिब १३ वर्षको समय लागेको थियो । अध्ययनकर्ताले निचोडमा लेखेका छन्, ‘पैदल हिँड्नु आँफैमा एक पुरा कसरत हो । यसको लागि कुनै पनि किसिमको उपकरण वा सरसामान वा ट्रेनिङको आवश्यकता पर्दैन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!