हिपमत डटकम

बुधबार, कार्तिक १९, २०७७ || 568  पटक पढिएको

बिराटनगर । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको समूह चरणको खेलमा जर्मन क्लब बायर्नले अष्ट्रियन आरबी साल्जबर्गमाथि ६–२ गोलान्तरको जित निकालेको हो ।

साल्जबर्गको मैदानमा घरेलु टोलीले नै सुरुआती अग्रता बनाएको थियो । खेलको चौथो मिनेटमा मिर्गिम बेरिशाले गोल गर्दै साल्जबर्गलाई सुरुआती अग्रता दिलाए ।

लेवान्डोस्कीले २१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नलाई खेलमा फर्काएका थिए । ४४औं मिनेटमा साल्जबर्गका रास्मुस क्रिस्टेनसेनले गोल गरेपछि पहिलो हाफभरि बायर्नले २–१ गोलको अग्रता बनायो । खेलको ६६औं मिनेटमा मसाया ओकुगवाले गोल गर्दै साल्जबर्गलाई बराबरीमा फर्काए । ७९ औं मिनेटमा जेरोमे बोयटाङले गोलव गर्दै बायर्नलाई पुनः अग्रता दिलाए ।

८३औं मिनेटमा लेरियो सानेले, ८८औं मिनेटमा लेवान्डोस्कीले र इन्ज्युरी समयमा लुकास हर्नान्डेजले गोल गर्दै बायर्नलाई ६–२ गोलान्तरले जिताए । जितसँगै समूह ‘ए’को शीर्ष स्थानमा रहेको बायर्नले ३ खेलबाट ९ अंक बनाएको छ । लेइपिज १ अंका साथ पुछारमा छ ।

सोही समूहका एथ्लेटिको मड्रिड र लोकोमोटिभ मस्कोले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!