हिपमत डटकम, विराटनगर,५ माघ ः विराटनगर ८ कि सदस्य भारती उपाध्यायले आफुले पाएको सेवा सुविधाको रकम विराटनगरको एक बृद्ध आश्रमलाई प्रदान गर्नुभएको छ । प्रेशयुनियन पुर्व केन्द्रीय सदस्य समेत रहनु भएकी उपाध्यायले विराटनगरको विराटेश्वर बृद्धआश्रमका संञ्चालक जगत अज्र्याललाई बृद्ध आश्रमलाई सहयोग स्वरुप एक लाख रुपैयाको चेक हस्तान्त्रण गर्नुभयो । अम्बे मुरारी सेवा केन्द्रबाट समाज सेवागर्न सक्रीय उपाध्यायले बृक्षारोपण , न्यानो कपडा वितरण, सरसफाई जस्ता सामाजिक सेवाका काम गर्दै आउनुभएको छ । नेपाली काग्रेसकी नेतृसमेत रहनुभएकी उपाध्यायको समाजसेवा धेरै बर्ष देखि गर्दै आउनुभएको छ ।