आइतबार, माघ ०५, २०७६ || 1605  पटक पढिएको

हिपमत डटकम, विराटनगर ५ माघ ः निजी कलेजहरूको संस्था हिसान मोरङले मंगलबारदेखि हिसान स्पोर्टस मिटस् २०७६ गर्ने भएको छ । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरेर हिसानले माघ ७ देखि १७ गतेसम्म चल्ने प्रतियोगितामा २० विद्यालयका २ हजार विद्यार्थीले सहभागीता जनाउने मोरङका अध्यक्ष राजेश कार्कीले बताए । बाह्र दिनसम्म चल्ने प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, एथलेटिक्स र बास्केटबलहरुका खेलहरु हुने छन । सो प्रतियोगितामा ११ लाख खर्च हुने अनुमान गरिएको छ । भलिबल र क्रिकेट खेलका लागि विराटनगरको डिग्री कलेजको खेलमैदान बास्केटबल मेरिल्यान्ड कलेजको खेलमैदान र सहिद रंगशालमा फुटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!