राजन पोखरेल

सोमबार, कार्तिक १७, २०७७ || 2032  पटक पढिएको

सुन्दरहरैचा /दुवै मृगौला काम नलाग्ने भएका मोरङ सुन्दरहरैचा नगरपालिका -२ उफ्रौलियाका सागर कोइरालालाई बचाउन उनको परिवारले सहयोगको याचना गरेका छन् । कोइरालाको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको पीडितका बुवा खगेन्द्र प्रसाद कोइरालाले बताए ।

२४ बर्षिय कोइरालाको करिब ६ महिनादेखि विरटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले उनको दुवै मृगौला फेल भएको जनाएको छ । नाता, ईष्टमित्र तथा आफन्तकै भरमा अस्पताल पु¥याएर औषधी उपचार गरिरहेको बुवा खगेन्द्रले बताए । उनले अस्पतालले मृगौला प्रत्यारोपणका लागि धेरै रकम लाग्ने बताएपछि आफुसँग रकम जम्मा गर्ने क्षमता नभएकाले हारगुहार माग्नुको बिकल्प नभएको गुनासो गरे ।

सुन्दरहरैचा २ मा खेतीपाती गरेर पारिवारिक खर्च धान्दै आएका उनका बाबुले आफू सग छोराको उपचार गर्न रकम नभएपछी हारगुहार गर्नु परेको बताएका छन ।

सागर बचाउन उनका दाइ पारस कोइरालाको नाममा नबिल बैकमा खोलिएको खाता नम्बर ०८८१००१७५००२३५ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!