हिपमत डटकम

सोमबार, कार्तिक १७, २०७७ || 726  पटक पढिएको

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नो हवाई सेवामा नयाँ सफ्टवेयर लागू गरेको छ । एयरलाइन्सले पहिले सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयरलाई परिवर्तन गर्दै नयाँ अत्याधुनिक नवब्लू फ्लाइट प्लानिङ्ग सफ्टवेयर (एन–एफपी) लागू गरेको हो ।

उक्त सफ्टवयर एयरबस कम्पनीले विकास गरेको अत्याधुनिक सफ्टवेयर रहेको एयरलाइन्सले जानकारी दिएको छ ।
एन–एफपी प्रणालीमा मौसम पूर्वानुमान नोटिम, राइम प्रिडक्सन, ओभरफ्लाई चार्जेज, राउट एण्ड फ्यूल अप्टिमाइजेसन लगायतका बहुउपयोगी विशेषताहरु रहेको एयरलाइन्सलाई फाइदाजन रहेको निगमले बताएको छ । उक्त सफ्टवेयरले हवाई उडानलाई सुरक्षित, भरपर्दो र अझ बढी प्रविधिमैत्री बनाउनेमा समेत एयरलाइन्सले विश्वास व्यक्त गरेको छ ।

अहिलेको प्रतिस्पर्धात्मक युगमा आफ्नो सेवा र सुरक्षालाई समायानुकुल सुधार गर्न र व्यवसायिक सफलताका लागि पनि यस्तो प्रविधि भित्र्याउनु परेको एयरलाइन्सले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!