हिपमत डटकम

सोमबार, कार्तिक १७, २०७७ || 751  पटक पढिएको

पायल घोष बलात्कार केसमा अनुराग कश्यपको बचाउँमा लागेका मानिसहरुविरुद्ध खनिएकी छिन् । अभिनेत्रीले भर्खरै मात्र ट्विट गर्दै लेखेकी छिन्, ‘जो मानिस अनुरागको बचाउँने कोशिशमा छन्, उनीहरुलाई देखेर यस्तो लाग्छ, आफ्नो आमा, बहिनी, पत्नी र छोरीहरुलाई पनि यसै धन्दामा उतारेका छन् र यस्तो लाग्छ यो बलिउडमा कमन हो ।’
एक ट्विटर प्रयोगकर्ताले ट्विट गरेपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

विवेक तिवारी नामका एक व्यक्तिले पायल घोषले गरेको २ वर्ष अगाडीको ट्विटलाई स्क्रिनसट गरेर ट्विट गरेका थिए । उनले ट्विटमा लेखेका थिए, ‘यो ट्विट पायल घोषले सजिलै डिलिट गरेकी थिइन् ।’ पायल घोषले उक्त ट्विटमा लेखेकी थिइन्, ‘यहाँ कसैलै रेप गर्न सक्दैन उसले चान्स मार्ने कोशिश मात्र गरेको हुन्छ यदि कसैलाई मन नपरेमा पछि हटे हुन्छ । यति धेरै नाटक गर्नै पर्दैन् ।’

२२ सेप्टेम्बरमा अभिनेत्री पायल घोषले अनुराग बिरुद्ध दुष्कर्मकको मुद्दा दायर गरेकी थिइन् । उनले २०१३ मा वर्सोवास्थित करी रोडको एक लोकेशनमा रेप गरेको कश्यप माथि आरोप लगाएकी थिइन् र प्रहरीले कश्यपसँग यस विषयमा सोधपुछ गरिसकेको छ ।

अनुरागले पायल घोष विरुद्ध कानुनी रुपमा एक्शन लिने तयारीमा लागेको समाचार श्रोतले जनाएको छ । अनुरागले आफु निर्दोष भएको प्रमाण जुटाउन लागि परेका छन् । यदि पायलले आफुले लगाएको आरोप झुटो ठहरिएमा उनलाई निकै मुस्किल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!