बीरेन्द्रकुमार साह

सोमबार, कार्तिक १७, २०७७ || 1360  पटक पढिएको
फाइल तस्बिर

मोरङमा कोरोना संक्रमणका कारण आज तीन जना पुरुषको मृत्यु भएको छ। दुई जनाको उपचारका क्रममा विराटनगरमा रहेको नोबेल अस्पताल तथा एक जनाको उर्लाबारीस्थित होम आइसोलेसनमा मृत्यु भएको हो।

विराटनगर महानगरपालिका वडा न -६ का ८३ वर्षीय वृद्ध पुरुषको नोबेल अस्पतालमा मृत्यु भएको हो। त्यस्तै मोरङको उर्लाबारी नगरपालिका–६ का ५४ वर्षीय संक्रमित पुरुषको पनि नोबेलमै मृत्यु भएको छ। यसैगरि उर्लाबारी नगरपालिका–७ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको उर्लाबरैस्थित घरमै मृत्यु भएको छ।

पछिल्लो समय प्रदेश १ बिशेषगरि मोरङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या बढी रहेको छ। विश्वको दोस्रो बढी कोरोना संक्रमण भएको देश भारतसंग नेपालको खुल्ला सिमा रहेको कारणले पनि मोरङमा संक्रमण बढेको र मृत्यु हुनेहरुको संख्या बढेको अनुमान लगाउन सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!