हिपमत डटकम

सोमबार, कार्तिक १७, २०७७ || 547  पटक पढिएको

इन्डियन प्रिमियर लिगको अन्तिम चारको होडबाट राजस्थान रोयल र किंग्स एलेभन पञ्जाब बाहिरिएको छ । चेन्नई सुपर किंग्स भने तीन खेल अगावै बाहिरिसकेको थियो ।

आईतबार दुई अलग अलग खेलमा दुबै टोलिले हार बेहोरेपछि प्रतियोगितामा अन्तिम चारको होडबाट बाहिरिएको हो । राजस्थान रोयलले कलकत्ता नाइट राइडर्स विरुद्धको खेलमा ६० रनले पराजित भयो । अर्को खेलमा चेन्नई सुपर किंग्सले पञ्जाबलाई नौ विकेटको फराकिलो अन्तरले हराउँदै उसलाई प्रतियोगिताबाट बाहिरिन बाध्य बनायो । पञ्जाब, राजस्थान र चेन्नईको सामान १२ अङ्क रहेको छ ।
अन्तिम खेलमा हारसँगै राजस्थान अङ्कतालिकको पूछारमा पुगेको छ । सामान अङ्क रहेपनि नेटरन रेटको आधारमा चेन्नई सातौं र पञ्जाब छैठौं स्थानमा छ ।

बाँकीको तीन स्थानको लागि बैंग्लौर, देल्ही, कलकत्ता र हैदराबादबीच कडा स्पर्धा हुनेछ । बैंग्लौर, देल्ही र कलकत्ताको सामान १४ अङ्क छ । कलकत्ताले आफ्नो अन्तिम खेल खेलिसकेको छ । नेट रन रेटमा ऊ देल्ही र बैंग्लौरभन्दा मुनि छ । बैंग्लौर र देल्ही दुबैले आफ्नो अन्तिम खेल खेल्न बाँकी नै छ । अन्तिम खेलमा जित हारमा दुबै टोलिको आगामी यात्रा तय हुनेछ । तर देल्हीले बैंग्लौरको सामना गर्ने हुँदा दुबैका लागि अन्तिम खेल जित्नु आवश्यक देखिन्छ ।
हैदराबादको १२ अङ्क छ । तर उसले आफ्नो अन्तिम खेल खेल्न बाँकी नै छ । हैदराबादले अन्तिम खेलमा जित हात पारे उसले कलकत्ता वा देल्ही र बैंग्लौरबीचको खेलमा हार बेहोर्ने टोलिलाई उछिनेर अन्तिम चारका लागि स्थान बनाउने सम्भावना जिवितै रहेको छ । हैदराबादले अन्तिम खेलमा अङ्कतालिकाको शिर्ष स्थानमा रहेको मुम्बई इन्डियन्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!