हिपमत डटकम

सोमबार, कार्तिक १७, २०७७ || 814  पटक पढिएको

कोरोनाभाइरसको संक्रमणपछि दुई हप्ता मैदानबाहिर रहेका क्रिस्टियानो रोनाल्डोले मैदान फर्किएपछिको आफ्नो पहिलो खेलमा दुई गोल गरेपछि स्पेजियमाथि युभेन्टसले ४–१ को सहज जीत हासिल गर्न सफल भएको छ । कोरोनाका कारण ४ खेल गुमाएका रोनाल्डो दोस्रो हाफमा सब्सटिट्युटका रुपमा मैदान प्रवेश गरेको तीन मिनेटभित्र नै गोल गरेका थिए ।

खेल १–१ को बराबरीमा रहेको बेला रोनाल्डोले गोल गर्दै युभेलाई अग्रता दिलाए । ७६ औँ मिनेटमा उनले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यमा एड्रियन राबियोटले युभेको लागि चौथो गोल गरे ।

यसअघि अल्भारो मोराटाले खेलको १४ औँ मिनेटमा युभेन्टसलाई अग्रता दिलाए पनि टोमासो पोबेगाले बराबरी गोल फर्काएका थिए । जीतसँगै १२ अंक बटुल्दै साबिक विजेता टोली लिगको तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा युभेन्टस ४ अंकले पछि रहेको छ ।

रोनाल्डो गत १३ अक्टुबरमा कोरोना पोजेटिभ पाइएका थिए । समयमा नगेटिभ रिजल्ट प्राप्त नगर्दा गत बुधबार च्याम्पियन्स लिगमा बार्सिलोनाबिरुद्धको खेल उनले गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!