पिएरे एमरिक आउबामियाङले पेनाल्टीबाट गोल गर्दा आर्सनलले सन् २००६ पछि प्रिमियर लिगमा पहिलोपटक म्यान्चेस्टर युनाइटेडलाई उसैको मैदानमा पराजित गरेको छ । पाँच खेलमा गोलको खडेरी अन्त्य गर्दै आउबामियाङले खेलको ६९ औँ मिनेटमा पेनाल्टीबाट खेलको निर्णायक गोल गरेका थिए ।

निकै निरश बनेको खेलमा पाउल पोग्बाले हेक्टर बेलेरिनलाई फल हान्नु नै निर्णायक बन्यो । जीतपछि १२ अंकसहित आर्सनल लिगको नवौँ स्थानमा रहेको छ भने युनाइटेड ७ अंकसहित लिगको १५ औँ स्थानमा सिमित छ ।

उता, टोटनह्याम फर्किएपछि प्रिमियर लिगमा गेराथ बेलले पहिलो गोल गरेपछि ब्राइटन २–१ गोलले पराजित बनेको छ । जीतसँगै स्पर्स लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

निकै रोमाञ्चक बनेको खेलमा ह्यारी केनले खेलको शुरुवातमा स्पर्सलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा तायरक लाम्पटेले विवादास्पद गोल गर्दै खेल बराबरी गरे । गोलअघि सोली मार्चले पिएरे इमाइल होज्बजर्गलाई फल हानेपनि त्यसलाई फल मानिएन ।

खेलको ७३ औँ मिनेटमा बेलले निर्णायक गोल गर्दै स्पर्सलाई तीन अंक दिलाए । ७ खेलबाट स्पर्सको १४ अंक रहेको छ ।

उता, न्युक्यासल युनाइटेडसँग २–१ ले स्तब्ध बन्दै एभर्टनले लिगको शीर्ष स्थानमा फर्कने अवसर गुमाएको छ । हारपछि एभर्टन तेस्रो स्थानमा खस्किएको छ । त्यस्तै, साउथ ह्याम्पटनले एस्टन भिल्लालाई ४–३ गोलले हरायो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!