हिपमत डटकम
बिराटनगर,५ माघ:बाग्लुङ घर भइ हाल पोखरा घारीपाटन बस्दै आएकी लक्ष्मी परियार गएको सोमबारदेखि बेखबर बनेकी छन् । पोखरा महानगरपालिका वडा नं१७ घारिपाटनमा दुई छोराहरुलाई पढाउन बसेकी लक्ष्मी गएको सोमबारदेखि सम्पर्क बिहिन रहेको उनका देवर उमेश परियारले बताए ।

परियारका अनुसार दाजु रोजागरीको सिलसिलामा विदेश रहेको र, उक्त दिन दुई छोराहरुसंग खाल्टेमसिनामा रहेका आफन्तकोमा जान भनि निस्किएकोमा ‘आज तिमीहरु जाओ,म भोली बिहानै आउंछु’ भनि खाल्टेमसिना जाने माइक्रोबसमा चढाएको छोराहरुलाई उद्दृत गर्दै परियारले जानकारी दिएका छन् । दुई छोरा मध्ये एक जना १२ बर्ष र अर्का ६ बर्षका छन् ।

घटनाबारे जानकारी भए पश्चात उनको खोजिकार्य गरिएपनि हालसम्म कतै फेला पार्न नसकिएको उनले बताए । छोराहरुलाई छोडेर श्रीमती सम्पर्क बिहिन बनेपछी रोजगारीको सिलसिलामा १ बर्ष अगाडी दुवई पुगेका श्रीमान नेपाल आउदैछन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!