हिपमत डटकम

आइतबार, कार्तिक १६, २०७७ || 664  पटक पढिएको

१० खेलाडीमा सिमित आलाभेससँग बराबरी रोकेपछि बार्सिलोना स्पेनिस ला लिगामा लगातार चार खेलमा जीतविहीन बन्न पुगेको छ । खेलको ३१ औँ मिनेटमा लुइस रियोजाको गोलको मद्दतले आलाभेसले खेलमा अप्रत्यासित अग्रता लिएको थियो ।

तर, दोस्रो हाफको ६२ औँ मिनेटमा जोटाले दोस्रो पहेँलो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सिमित बन्यो । यसको फाइदा उठाउँदै एक मिनेटपछि नै एन्टोनी ग्रिजमानले खेल बराबरी गरे । तर, त्यसपछि कुनै गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा सकियो ।

अन्सु फातीलाई आफ्नो १८ औँ जन्मदिन फर्नान्डो पाचेओले गोल गर्नबाट रोके भने ग्रिजमानको अर्को गोललाई रद्द गरिएको थियो । पाचेओले लियोनेल मेस्सी, मिरालेम पियानिचको प्रहारलाई बचाउन गरेका थिए ।

च्याम्पियन्स लिगमा युभेन्टस र फेरेंकभारोसलाई हराउँदै समूहको शीर्ष स्थानमा रहेको बार्सा लिगमा भने ६ खेलपछि १० अंक गुमाउँदै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ८ अंकले पछि परेको छ ।

बार्सिलोना ६ खेलबाट ८ अंकसहित लिगको १२ औँ स्थानमा रहेको छ । एक खेल बढी खेलेको रियलको १६ अंक रहेको छ ।

यसअघि, एडिन हजार्डले एक वर्षपछि गोल गर्दा रियलले हुएस्कामाथि ४–१ को सहज जित निकाल्यो । बेल्जियन खेलाडीले पेनाल्टी एरियाबाहिरबाट उत्कृष्ट गोल गदै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन लाग्दा बेन्जेमाले रियलको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा बेन्जेमाको पासमा फिडेरिको भालभर्डेले तेस्रो गोल थपे । डेभिड फेरेइरोले पाहुना टोलीका लागि एक गोल फर्काए पनि अन्तिम मिनेटमा बेन्जेमाले अर्को गोल थप्दै घरेलु टोलीको जीत सुनिश्चित गरे ।

उता, एथ्लेटिको म्याड्रिडले पनि यो सिजन आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । लिगको एक मात्र अपराजित टोलीले ओसासुनालाई ३–१ गोलले हरायो । सेभिया भने एथ्लेटिक बिल्बाओसँग २–१ गोलले हार्यो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!