हिपमत डटकम

आइतबार, कार्तिक १६, २०७७ || 695  पटक पढिएको

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५२ औँ खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ५ विकेटले पराजित गरेको छ । सनराइजर्सको यो सीजनमा छैटौँ जीत हो । जीतसँगै टोली शीर्ष स्थानमा उक्लिएको छ र प्लेअफको चौथो टोलीको रेसमा सबैभन्दा अगाडि पुगेको छ । हारपछि पनि बैंग्लुरु दोस्रो स्थानमा कायम छ ।

शारजाहको मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै बैग्लुरुले १२१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा हैदराबादले मात्र १४.१ ओभरमा ५ विकेटको क्षतिमा उक्त लक्ष्य सफलतापूर्वक पछ्यायो ।

लक्ष्य पछ्याउने क्रममा हैदराबादको शुरुवात भने राम्रो हुनसकेन । १० रनको स्थितिमा नै कप्तान डेविड वार्नर आउट भए । त्यसपछि ऋद्धिमन साहाले मनिष पान्डेसँग मिलेर दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । साहाले ३९ तथा मनिषले २६ रन बनाए । अन्त्यमा १० बलमा २६ रन बनाउँदै अलराउन्डर जेसन होल्डरले टोलीलाई जीत दिलाए । बैंग्लुरुका लागि युजवेन्द्र चहलले दुई विकेट लिए ।

यअसघि, बैंग्लुरुले ७ विकेटको क्षतिमा १२० रन बनाएको थियो । जोश फिलिपले सर्वाधिक ३२ रनको योगदान दिए भने एबी डिविलियर्सले २४ तथा वाशिंटन सुन्दरले २१ बनाए । हैदरावादका लागि सन्दिप शर्मा र जेसन होल्डरले २–२ विकेट लिए ।

शनिबार नै खेलिएको अर्को खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ । आज पनि दुई खेल हुनेछन् जसमा पञ्जाब र चेन्नाई तथा कोलकाता र राजस्थान भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!