बिराटनगर। मोरङमा बृहत स्काउटरहरुको भेलाले मोरङ स्काउटका पुर्व जिल्ला संगठन आयुक्त गोबिन्द कुमार गडेरिको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । स्काउटमा देखिएको व्यक्तिवाद तथा राजनैतिकरणको विरोधमा संघर्ष समिति गठन गरिएको जनाइएको छ । समितिमा सदस्यहरुमा नारायण खवास ,मनिष आचार्य ,अच्युत निरौला ,कबिता राजबंशि ,कृष्ण सहनी ,बिजेश यादब ,नयन कुमार सरकार ,बिबेक तिमसिना ,प्रवलदिप बिश्वास ,प्रध्लाय राजबंशि ,रजनी सुब्बा रहेका छन् ।जिल्ला स्काउट खारेज गर्दै प्रदेशस्तरीय तदर्थ समिति गठन भएपछि असन्तुष्टी जनाउँदै स्काउटरहरुले संघर्ष समिति गठन गरेका हुन् । प्रदेशस्तरीय समितिमा , स्काउटको ज्ञान नभएकालाई समितिमा राखेको, स्काउटलाई राजनीतिक भागवण्डा गर्ने थलोका रुपमा विकास गरेको लगायतका आरोप असन्तुष्ट स्काउटरले लगाएका छन् । संघर्ष समितिले छिट्टै नै जिल्ला प्रशासन कार्यालय मोरङ र बिराटनगर महानगरपालिकामा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ! समिती का सदस्य तथा स्काउटर मनिष आचार्य ले जानकारी दिनु भयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!