हिपमत डटकम

शनिबार, कार्तिक १५, २०७७ || 629  पटक पढिएको

इन्डियन प्रिमियर लिग (आइपीएल) को ५० औँ खेलमा राजस्थान रोयल्सले किंग्स इलेवन पञ्जाबलाई ७ विकेटले पराजित गरेको छ । हारसँगै प्लेअफमा स्थान बनाउन पञ्जाबका लागि कठिन बनेको छ भने राजस्थानले यस रेसमा आफूलाई कायम राखेको छ । दुवै टोलीको १२–१२ अंक रहेको छ । अंक तालिकामा पञ्जाब चौथो र राजस्थान पाचौँ स्थानमा रहेको छ ।

अबुधाबीमा खेलिएको खेलमा पञ्जाबले टस हारेर पहिले ब्याटिङ गर्दै १८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा राजस्थानले उक्त लक्ष्य १७.३ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो । अलराउन्डर बेन स्टोक्स खेलमा म्यान अफ द म्याच चुनिए । उनले ५० रन बनाउँदै २ विकेट पनि लिए ।

सीजनमा अब दुई टोलीको १–१ खेल बाँकी छ । राजस्थानले कोलकाता नाइटराइडर्सविरुद्ध खेल्नेछ भने भने पञ्जाबको टक्कर महेन्द्रसिंह धोनीको चेन्नाई सुपर किंग्ससँग हुनेछ ।

लक्ष्य पछ्याउँदा राजस्थानको शुरुवात शानदार रह्यो । ओपनर बेनस्टोक्सले २६ बलमा ५० रनको धुँवादार पारी खेले पनि रबिन उथप्पाले २३ बलमा ३० रन बनाए । त्यसपछि सञ्जु स्यामसनले ४८ तथा स्टीभ स्मिथले ३१ रनको योगदान दिए ।

उता, पहिलो ब्याटिङ गदै पञ्जाबले ४ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । खेलमा क्रिस गेल अभागी शाबित भए । उनी शतक बनाउन मात्र १ रनले चुके । ६३ बलमा ९९ रन बनाएर उनी जोफ्रा आर्चरको बलमा बोल्ड भए । प्रतियोगितामा उनी ९९ मा आउट भएको दोस्रो पटक हो । यसअघि सन् २०१९ मा रोयल च्यालेन्जर्स बैंग्लुरुबिरुद्ध उनी ९९ मा नै आउट भएका थिए ।

पञ्जाबका लागि लोकेश राहुलले ४६ तथा निकोलस पुरनले ९ बलमा २२ रनको पारी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!